close

जिल्लास्तरिय दोस्रो चौमासिक समिक्षा

जिल्लास्तरिय दोस्रो चौमासिक समिक्षा

Trulli
ADVERTISEMENT

 धनकुटा । जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा जिल्लास्तरीय दोस्रो चौमासिक समीक्षा सोमबार सुरु भएको छ। आर्थिक वर्ष २०७८/०७९ को समग्र समिक्षा र आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित बजेट योजना कार्यक्रमको दोस्रो चौमासिक समिक्षा सुरु भएको हो। 

समिक्षा कार्यक्रममा जिल्लाका विषयगत कार्यालय र संघ सस्थाले गरेको कामको बारेमा प्रस्तुतिकरण राखिरहेका छन्। सो क्रम मंगलबारसम्म जारी रहने छ। स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, पत्रकारको सहभागितामा समीक्षा कार्यक्रम भइरहेको हो। कार्यक्रममा विषयगत कार्यालयले गरेका काम, काम गर्दा देखा परेका समस्याका बारेमा प्रस्तुती भइरहेको जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङले जानकारी दिए । 

जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङको अध्यक्षतामा भएको समीक्षा कार्यक्रम प्रदेश सभा सदस्य इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यतामा भइरहेको हो। कार्यक्रममा धनकुटामा रहेका ७ वटै स्थानीय तह, प्रदेश र संघ सरकार मातहतका सरकारी कार्यालय र विभिन्न गैरसरकारी कार्यालयले दोस्रो चौमासिकमा सञ्चालन गरेका योजनाका समेटिएको प्रतिवेदन प्रस्तुत गरिरहेका छन्।