close

नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता गर्दै सिद्धार्थनगर

नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता गर्दै सिद्धार्थनगर

Trulli
ADVERTISEMENT

रुपन्देही । सिद्धार्थनगर नगरपालिकाले नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता गर्ने भएको छ । नगरपालिकाको आयोजनामा चैत २२ गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो । 

नगरपालिकाको अनुसार प्रतियोगिता आगामी बुधबारदेखि सिद्धार्थ रंगशालाको मैदानमा सञ्चालन हुने छ । प्रतियोगितामा पालिकाभित्रका प्रत्येक वडाले एक/एक टोली सहभागी जनाउन सक्ने नगरपालिकाले जनाएको छ । 

प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीको टोलीले चैत १९ गतेसम्म आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । सम्बन्धित वडा कार्यालयको सिफारिसमा एक टोलीलाई सहभागी गराइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडेलले बताए । 

उनका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई ५१०००, द्धितीयलाई २५५०० नगल पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रत्येक टोलीबाट १४ जना खेलाडी, १/१ जना टिम कोच र म्यानेजर हुनु पर्ने नगरपालिकाले जनाएको छ ।