close

म्यागङमा गाउँपालिका अध्यक्ष पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

म्यागङमा गाउँपालिका अध्यक्ष पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

Trulli
ADVERTISEMENT

 नुवाकोट । म्यागङ गाउँपालिकाले पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका अध्यक्ष पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता गर्न लागेको जनाएको हो । 

गाउँपालिकाको अनुसार प्रतियोगिता आगामी बैशाख ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने छ । गाउँपालिकाको वडा नम्बर ५ स्थित श्री जालपादेवी मन्दिर खेल मैदानमा बिहान १० बजेदेखि प्रतियोगिता हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सिङदेनले बताए । 

उनका अनुसार पालिकामा खेल क्षेत्रकोे प्रर्वद्धनका लागि पालिकाले सो प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा विजयी भएकाहरुलाई क्रमश प्रथमलाई २ लाख, द्धितीयलाई १ लाख र तृतीयलाई ५०००० नगद तथा मेडल वितरण गरिने गाउँपालिकाले जनाएको छ । 

प्रतियोगितामा सम्बन्धित पालिकाले ३ जना खेलाडी अरु क्षेत्रबाट सहभागी गराउन पाइने सो सूचनामा उल्लेख गरेको छ ।