close

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा मोरङ प्रथम

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा मोरङ प्रथम

Trulli
ADVERTISEMENT

मोेरङ। कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा मोरङ प्रथम भएको छ । मोरङ १५ स्वर्ण १२ रजत र तीन कास्यसहित ३० पदकका साथ प्रथम भएको हो । 

साथै १० स्वर्ण ११ रजत र आठ कास्यसहित २९ पदकका साथ झापा दोस्रो भएको छ भने सुनसरी आठ स्वर्ण आठ रजत र पाँच कास्यसहित २३ पदकका साथ तेस्रो भएको छ । 

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को संयोजनमा भएको प्रतियोगितामा १४ वटै जिल्लाबाट छनोट भएका एक हजार दुई सय खेलाडी सहभागी थिए । 

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेका अनुसार प्रतियोगितिमा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको गरी ६ विधामा खेल खेलाइएको थियो । 

प्रतियोगिताबाट छानिएका १११ खेलाडीलाई  काठमाडौँमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १३औंँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका लागि विदाइ गरिएको खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्लेले जानकारी दिए। उक्त प्रतियोगितामा सातै प्रदेशबाट छ सय ५८ खेलाडीको सहभागी हुँदैछन् ।