close

वर्षको उत्कृष्ट खेलाडी भक्तपुरबाट सम्मानित

वर्षको उत्कृष्ट खेलाडी भक्तपुरबाट सम्मानित

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले उत्कृष्ट खेलाडीलाई सम्मान गरेको छ।  सोमबार पालिकाको आयोजनामा २०७६/७७, २०७८, २०७९ सालका वर्षको उत्कृष्ट खेलाडी,  अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्न सफल खेलाडी, रेफ्रि र निर्णायकहरुलाई बधाई तथा सम्मान गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले उत्कृष्ट खेलाडीहरुलाई नगरपालिकाको तर्फबाट प्रशंसापत्र र मायाको चिनोको रुपमा नपाको लोगो अंकित ट्रयाक सुट वितरण गरेका थिए ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेँले खेलकुद अनुशासनको पर्याय भएको बताउँद खेलकुदको महत्वको विषयमा युवाहरुलाई शिक्षित गर्नु आवश्यक भएको बताए । उनले खेलकुदलाई मानव जीवन र सिंगो समाजको महत्वपूर्ण अंगको रुपमा विश्लेषण गर्दै स्वस्थ जीवन जिउन र देश तथा समाजको सेवा गर्न खेलकुदको ठूलो भूमिका हुने बताए ।

कार्यक्रमका सभापति एवम् नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलको माध्यमबाट भक्तपुरको नाम उच्च राख्न सफल सम्पूर्ण खेलाडीहरुलाई बधाई एवम् शुभकामना दिँदै विद्यार्थी तथा युवाहरुले खेलकुद र शिक्षालाई सँगसँगै अगाडि बढाउनुपर्ने धारणा राखे ।

 भलिबल, टेबलटेनिस, कबड्डी, जिमनास्टिक, शारीरिक सुगठन, पावर लिफ्टिङ, बक्सिङ, टेनिस, भारोत्तोलन, उसु, बास्केटबल, किक बक्सिङ, ब्याटमिन्टन, सितेरियो कराँते, खोखो, एथ्लेटिक्स, पोर्टबल, बुद्धिचाल, फुटबललगायतका खेल विधाका वर्ष उत्कृष्ट खेलाडी तथा अन्तर्राष्ट्रिय पदक प्राप्त १३९ जना खेलाडी, रेफ्रि, निर्णायक र प्रशिक्षक कार्यक्रमबाट सम्मानित भएका थिए।