close

आज नेपाल–भारतबीच हुने एसियाकपको लाइभ अपडेट 'हाम्रो पात्रो'मा हेर्न सकिने

आज नेपाल–भारतबीच हुने एसियाकपको लाइभ अपडेट 'हाम्रो पात्रो'मा हेर्न सकिने

Trulli
ADVERTISEMENT

काठमाडौं– गत बुधवारदेखि सुरु भइरहेको एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ अपडेट हाम्रो पात्रोमै हेर्न सकिने भएको छ । नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले खेलको लाइभ अपडेट दिने जनाएको हो ।

हाम्रोपात्रो इंटकमका अनुसार हाम्रो पात्रोको एन्ड्रोइड एपमा एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ स्कोर देख्न सकिनेछ । यसका लागि एसियन क्रिकेट काउन्सिलको एपीआई प्रयोग गरिएको कम्पनीले जनाएको छ । क्रिकेट प्रतियोगिताको लाइभ स्कोर हेर्नका लागि प्रयोगकर्ताहरुले हाम्रो पात्रो एप अपडेट गर्नुपर्ने हुन्छ।

बुधबार प्रतियोगिताको उद्घाटन खेलमा नेपालले एक दिवशीय क्रिकेटमा विश्वकै पहिलो वरियतामा रहेको पाकिस्तानको सामना गरेको थियो । नेपालको समूह चरणको अर्को खेल आज सोमबार भारतसँग रहेको छ ।  फाइनल भने आउँदो ३१ भदौमा हुनेछ । 

हाम्रो पात्रोकै एपमा क्रिकेट खेलको लाइभ स्कोर हेर्ने सुविधाले प्रयोगकर्तालाई थप सहज हुने कम्पनीको विश्वास छ । यसअघि विश्वकप क्रिकेट प्रतियोगिताका क्रममा समेत हाम्रो पात्रोले स्कोरको लाइभ अपडेट दिएको थियो ।