close

यू–१९ एसिया कप : पाकिस्तानको सामना गर्दा नेपाललाई जिताउन सक्ने ४ खेलाडी

यू–१९ एसिया कप : पाकिस्तानको सामना गर्दा नेपाललाई जिताउन सक्ने ४ खेलाडी

Trulli
ADVERTISEMENT

काठमाडौं- आजदेखि संयुक्त अरब ईमिरेट्स (यूएई)मा यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। शुक्रबार २ वटा खेल हुँदैछन्। 

पहिलो दिन हुने खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ। यस्तै भारत र अफगानिस्तानबीच पनि अर्को खेल हुँदैछ। 

पहिलो खेलमै बलियो टोली पाकिस्तानको सामना गरिरहेको नेपाल जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। पाकिस्तान पनि पहिलो खेलमा सहज जित निकाल्ने योजनाका साथ मैदान उत्रिनेछ । खेल टिममा भर पर्छ । त्यसैले एकजनाको मेहनतले मात्र हुन्न । तर केही यस्ता खेलाडी छन् जसले नेपाललाई जिताउन लागि टर्निङ प्वाइन्ट बनाउन सक्छन् । 

देव खनाल
यू–१९ एसिया कपमा प्रभाव पार्न सक्ने अर्का नेपाली खेलाडी हुन् कप्तान देव खनाल । उनी पछिल्लो समय उच्च लयमा छन् । देवले अहिलेसम्म १० एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलिसकेका छन् ।  

अर्जुन कुमाल
यू–१९ एसिया कपमा चम्किन सक्ने अर्का नेपाली खेलाडी हुन् अर्जुन कुमाल । उनलाई प्रशिक्षकले आजको खेलमा ओपनरको रुपमा खेलाउन सक्छन् । 

गुलशन झा
राष्ट्रिय टिमबाट खेलिसकेकाले अलराउन्डर गुलशन झाले यू–१९ एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्न सक्छन् । गुलशनले हालसम्म नेपालका लागि २४ एकदिवसीय र १४ टी–२० आई म्याच खेलिसकेका छन् ।  

दीपेश कँडेल
स्पिनर दीपेश कँडेलले पनि एसिया कपमा पनि जादू देखाउन सक्छन् । उनले उमेर समूहको क्रिकेटमा नेपालका लागि सानदार प्रदर्शन गर्दै आएका छन् । दीपेशले केही महिनाअघि सम्पन्न एसिसी प्रिमियर कपमा ५ खेलमा १८ विकेट लिएका थिए ।