close

नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

Trulli
ADVERTISEMENT

काठमाडौं- एसिसी यू-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ। 

शुक्रबार युएईको दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४७.२ ओभरमा १५२ रनमा अलआउट भयो।

नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे । उनले ७० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन जोडे । बलिङमा पाकिस्तानका मोहमद जीशानले सर्वाधिक ६ विकेट लिए ।