close

एसिया कपमा नेपाल पाकिस्तानसँग पराजित

एसिया कपमा नेपाल पाकिस्तानसँग पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं- एसिसी यू१९ एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । जितको लागि १५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाउदै जीत दर्ता गरेको हो । 

पाकिस्तानको जितमा आजन आविस ६२ बलमा ८ चौकासहित ५६ रनमा अविजित रहे । कप्तान साद बेग ५६ बलमा ५ चौकासहित ५० रनमा आउट भए । मोहम्मद जिशान ८ बलमा २ चौका र २ छक्कासहित २० रनमा अविजित रहे । जिशानले बलिङमा ६ विकेट लिएका थिए । नेपालका गुलशन झाले ८ ओभरमा १ मेडनसहित ५४ रन खर्चेर २ विकेट लिए । आकाश त्रिपाठीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४७.२ ओभरमा १५२ रनमा अल आउट भएको थियो । नेपालका उत्तम थापा मगरले ७६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिएपनि जितको लागि पर्याप्त हुन सकेन । नेपालले दोस्रो खेल आइतबार भारतसँग खेन्नेछ ।