close

नेपालले आज अफगानिस्तानको सामना गर्दै

नेपालले आज अफगानिस्तानको सामना गर्दै

Trulli
ADVERTISEMENT

काठमाडौं- यु १९ एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानको सामना गर्दैछ । खेल बिहान ११ : १५ मा दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा सुरु हुनेछ । 

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएकाले आज अफगानिस्तानलाई पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ । अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग पराजित भएकाले आज जित निकाल्ने लक्ष्यमा रहेको छ ।

नेपालले अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ । पहिलो खेलमा हारपछि शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न बाँकी दुबै खेलमा जित हात पार्नुपर्ने हुन्छ । समूह ए मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह बी मा युएई, जापान, बंगलादेश र श्रीलंका छन् । आजको अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।