close

नेपालसामु अफगानिस्तानको बलियो लक्ष्य

नेपालसामु अफगानिस्तानको बलियो लक्ष्य

Trulli
ADVERTISEMENT

काठमाडौं- अफगानिस्तानले एसिसी यू–१९ एसिया कपमा नेपाललाई २६२ रनको बलियो लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ओभल–२ दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.३ ओभरमा २६१ रनमा अल आउट भयो ।

एक समय अफगानिस्तान ६.३ ओभरमा ३३–३ को को अवस्थामा पुगेको थियो । तर चौथो विकेटका लागि रहिमउल्लाह जुरमाती र जम्शिद जद्रानको ८१ रनको साझेदारीले अफगानिस्तान खेलमा सम्हाल्लिएको थियो ।

नेपालका हेमन्त धामी, गुल्सन झा र सुभाष भण्डारीले २/२ विकेट लिए । दीपेश कँडेल र आकाश चन्दले  १/१ विकेट लिए ।