close

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Trulli
ADVERTISEMENT

भक्तपुर- चाँगुनारायण नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० सुरु भएको छ । चाँगुनारायण नगरपालिका शिक्षा तथा खेलकुद शाखाले आयोजना गरेको तीनदिने प्रतियोगिताको नगरप्रमुख जीवन खत्रीले उद्घाटन गरे । 

नगरप्रमुख खत्रीले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको चर्चा गर्दै चाँगुनारायणका विद्यार्थीलाई यहाँका विद्यालयबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने दक्ष खेलाडी जन्माउने उद्देश्यले खेलकुदको विकासमा लागिरहेको बताए । 

कार्यक्रममा भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाले भविष्यमा बैकुण्ठ मानन्धर, जीतबहादुर केसीजस्ता होनाहार खेलाडी र देशलाई चाहिने राष्ट्रप्रेमी प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म अहिलेका विद्यार्थीबाटै आउने बताए । 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले जिल्लाका चारवटै पालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्नुले भक्तपुर खेलकुदको विकासमा अगाडि बढेको छ भन्ने पुष्टि भएको बताए ।