close

आईपीएलको इतिहासमै सर्वाधिक महँगो खेलाडी बने प्याट कमिन्स

आईपीएलको इतिहासमै सर्वाधिक महँगो खेलाडी बने प्याट कमिन्स

Trulli
ADVERTISEMENT

काठमाडौँ- आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनमा अस्ट्रेलियन टोलीका प्रभावशाली खेलाडी प्याट कमिन्सले इतिहास रचेका छन् । उनी आईपीएलको इतिहासमै सबैभन्दा बढी मूल्यमा बिक्री हुने खेलाडी बने ।

कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । प्याट कमिन्सले न्यूनतम २ करोड भारु राखेका थिए । उनलाई किन्न चेन्नई र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो । ५ करोडमा आएर बेंगलोरले पनि मूल्य लगाएको थियो । चेन्नईले ६ करोड ८० लाखमा पुगेर प्याट कमिन्सलाई छाडेको थियो ।

तर हैदराबाद त्यसपछि अक्सनमा आएको थियो । हैदराबाद र बेंगलोरबीच कडा प्रतिस्पर्धा भएको थियो । तर बेंगलोरले २० करोड २५ लाखपछि मूल्य लगाएन । हैदराबादले २० करोड ५० लाख रुपैयाँमा किनेको हो ।

यसअघि आईपीएलको इतिहासमा सबैभन्दा महँगा खेलाडी इङ्ल्याण्डकै साम करन थिए । उनलाई पञ्जाबले सन् २०२३ मा १८ करोड ५० लाख भारतीय रुपैयाँमा किनेको थियो ।

कमिन्सले यसअघि पनि आईपीएल खेलिसकेका छन् । उनले हालसम्म आईपीएलको ४२ खेलमा ३७९ रन बनाएका छन् भने ४५ विकेट पनि लिएका छन् ।