close

रनिङशिल्ड प्रतियोगिताको उपाधि तारा माविलाई

रनिङशिल्ड प्रतियोगिताको उपाधि तारा माविलाई

Trulli
ADVERTISEMENT

गोरखा- गोरखा नगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि तारा मावि छेवेटारले जितेको छ । 

तारा माविको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा व्यवस्थापनमा वडा नम्बर १० छेवेटारस्थित खेलमैदानमा बुधबार सम्पन्न नगरपालिकास्तरीय रनिङशिल्ड प्रतियोगिताको उपाधि आयोजक विद्यालयले नै हात पार्न सफल भएको हो ।

प्रतियोगितामा प्रथम भएको तारा माविले ६ स्वर्ण, ३ रजत र ५ कास्य गरी कुल १४ पदक जितेको थियो । सो प्रतियोगितामा ४ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल १४ पदक हात पार्दै शक्ति मावि पाटेचौर दोस्रो भएको छ । त्यस्तै, ४ स्वर्ण, ३ रजत र १ कास्य गरी कुल ८ पदक जित्दै विन्ध्यावासिनी मावि नारेश्वर तेस्रो भयो । 

उक्त प्रतियोगितामा सहभागी भएका सामुदायिक र निजी विद्यालय गरी १९ वटा माविको सहभागिता रहेको थियो ।