close

जुम्लाको राष्ट्रपति रनिङ शिल्डमा हिमा प्रथम

जुम्लाको राष्ट्रपति रनिङ शिल्डमा हिमा प्रथम

Trulli
ADVERTISEMENT

जुम्ला- तातोपानी गाउँपालिका–६ ले आयोजना गरेको १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा २० स्वर्ण पदकसहित हिमा गाउँपालिका प्रथम भएको छ । प्रतियोगितामा जिल्लाका पातारासी र गुठिचौरबाहेक ६ पालिकाको सहभागिता थियो ।

उक्त प्रतियोगितामा हिमाले विभिन्न विधाका खेलतर्फ २० स्वर्ण पदक जितेर प्रथम स्थान हासिल गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए । उनका अनुसार हिमाले करातेतर्फ १२, एक हजार पाँच सय मिटर दौडमा छात्राछात्रतर्फ दुई/दुई, तीन हजार मिटर दौड छात्रतर्फ एक, हाईजम, लमजम र त्रिपलम्जमतर्फ १/१ सहित बीस स्वर्णपदक जितेको गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमख दन्तराज रावतले जानकारी दिए । 

चन्दननाथ नगरपालिकाले १२ स्वर्ण पदकसहित दोस्रो भएको आयोजकले जनाएको छ । तेकान्दो र उस्सुतर्फको खेलमा आयोजकले नम्बर नदिने निर्णय गरेपछि नगरपालिकाले अन्य विधाका पुरस्कारसमेत लिएको छैन ।

प्रतियोगितामा छात्रा भलिबलको विजेता बनेको कनकासुन्दरी गाउँपालिका प्रतियोगिताको चौथो र छात्रतर्फको भलिबल विजेता बनेको तिला गाउँपालिकाले पाँचौ स्थान हासिल गरेको छ । आयोजक पालिका गाउँपालिकाले कुनै पनि खेलमा प्रथम स्थान हासिल गर्न सकेन । 

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय हुने पालिकालाई सिल्ड, प्रमाणपत्र, मेडलसहित पुरस्कार वितरण गरिएको छ । १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शान्त र मर्यादित रुपमा सम्पन्न गर्न तातोपानी गाउँपालिका सफल भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइँले बताए ।