close

काभ्रे एकेडेमीलाई ‘प्रथम बनेपा मेयर कप तेक्वान्दो आइटिएफ च्याम्पियनसिप’को उपाधि

काभ्रे एकेडेमीलाई ‘प्रथम बनेपा मेयर कप तेक्वान्दो आइटिएफ च्याम्पियनसिप’को उपाधि

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक– बनेपामा आयोजित ‘प्रथम बनेपा मेयर कप तेक्वान्दो आइटिएफ च्याम्पियसिप’ आयोजक संस्था काभ्रे तेक्वान्दो आइटिएफ एकेडेमीले हात पार्न सफल भएको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त च्याम्पियनसिपमा आयोजक संस्था १४ स्वर्ण, पाँच रजत र सात कास्य पदकसहित प्रथम भएको हो । 

सो प्रतियोगितामा धुलिखेल तेक्वान्दो आइटिएफ डोजाङ दस स्वर्ण, छ रजत र तीन कास्य पदकसहित दोस्रो र बनेपा तेक्वान्दो आईटिएफ डोजाङ पाँच स्वर्ण, दुई रजत र तीन कास्य पदकसहित तेस्रो भएका छन् । प्रतियोगितामा विजयी खेलाडी र समूहलाई बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, नगर उपप्रमुख विमला सापकोटा दाहाल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलाले सिल्ड, पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।

नगर प्रमुख शाक्यले स्वस्थ र अनुशासित बन्नका लागि हरेक व्यक्तिले खेल खेल्नु आवश्यक रहेको बताए । 

उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने उल्लेख गर्दै उनले  खेलेर के पाउँछ भन्ने बुझाइमा रहेका आम अभिभावकलाई उत्कृष्ट खेलाडीले छात्रवृत्ति पनि पाउन सक्छन् भन्ने उदाहरण बनेपा नगरपालिकाले दिने बताए । 

उपप्रमुख दाहालले खेल विशेष गरी महिलालाई आत्मरक्षाका लागि आवश्यक भएकाले सम्पूर्ण महिलालाई खेलक्षेत्रमा लाग्न आग्रह गरिन् । 

नेपाल आइटिएफ तेक्वान्दो महासङ्घका केन्द्रीय अध्यक्ष प्रवीण कार्कीले आईटिएफ तेक्वान्दोको विकासका लागि संस्थागत रुपमा लागिरहेको बताए । खुला आकाशमुनि धेरै दुःख गरेर खेलाडी उत्पादन गर्दै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न काभ्रेले योगदान पुर्‍याएकामा उनले आभार व्यक्त गरे ।

आयोजक एकेडेमीका संस्थापक अध्यक्ष राजमन्दिर श्रेष्ठले तेक्वान्दो आइटिएफको विकास र आम खेलाडीको विकासका लागि आफूहरू निरन्तर लागिरहेको बताए ।