close

सिद्धलेकका प्रत्येक वडामा खेल मैदान

सिद्धलेकका प्रत्येक वडामा खेल मैदान

Trulli
सांकेत्मक तस्बिर ।
ADVERTISEMENT

धादिङ– सिद्धलेक गाउँपालिकामा ‘एक वडा, एक खेल मैदान’ कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रत्येक वडामा कम्तिमा एउटा खेल मैदान तयार गर्ने उद्देश्यले गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाकाअनुसार सबै वडामा खेल मैदान छन् । वडा नं १, २, ३, ४, ५, ६, ७ मा खेलमैदान छन् । सो मध्ये वडा नं ७ र ५ मा दुईवटा खेलमैदान रहेको र वडा नं २ मा खेलमैदान निर्माणधिन अवस्थामा रहेको उनले जानकारी दिए । 

उनले भने, ‘ खेलमैदानको लागि जग्गा र उपयुक्त स्थान नमिलेकाले काम सुरु गर्न समस्या भएको थियो । सबै वडामा नीति तथा कार्यक्रम अनुसार खेलमैदान बनि सकेको छैन ।’ तर चालु आर्थिक वर्षभित्र सबै वडामा खेलमैदान निर्माण गर्ने काम पुरा हुने विश्वास उनले व्यक्त गरे । 

यस वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकाले सम्पन्न गरिसकेको उनले बताए । हाल जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोतियोगिता सञ्चालन भइरहेको छ ।

गाउँपालिकाले सञ्चालन गर्ने खेलकुल प्रतियोगिताबाहेक विभिन्न समाजले पनि खेलकुद प्रतियोगिताको आयोजना गर्ने गरेको उनले जानकारी दिए । ‘समाजबाट गर्ने खेलकुद प्रतियोगितामा गाउँपालिकाले पनि आर्थिक सहयोग उपलब्ध गराउने गरेको छ ।’

खेलकुदको विकासका लागि गाउँपालिकाले हरेक वर्ष बजेट थप गर्दै खेलकुदको विकासको लागि काम गरेको उनले बताए । उनले भने, ‘गत वर्षभन्दा यस वर्ष खेलकुदको विकासकाले लागि बजेट धेरै छुट्याएका छौँ । आगामी वर्षमा बजेट अझै थप गछौँ ।’

चालु आर्थिक वर्षमा संघ र प्रदेश सरकारले छुट्याएको बजेट बाहेक गाउँपालिकाले खेलकुदका लागि एकमुष्ट २० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । ‘अन्य शिर्षकका बजेटबाट पनि खेलकुदलाई दिन मिल्ने बजेट दिँदै आएका छौँ,’ अध्यक्ष खतिवडाले पालिकाखबरसँग भने ।