close

शिक्षक-शिक्षिका भलिबल प्रतियोगितामा २१ टिम सहभागी

शिक्षक-शिक्षिका भलिबल प्रतियोगितामा २१ टिम सहभागी

Trulli
ADVERTISEMENT

चितवन- खैरहनी नगरपालिकाको आयोजनामा नगर क्षेत्रभित्रका शिक्षक र शिक्षिकाबीच भलिबल प्रतियोगिताको जारी छ । 

इन्टरनेश्नल इङ्लिश मोडेल सेकेण्डरी स्कुलको संयोजनमा यही जारी प्रतियोगितामा शिक्षक र शिक्षिका गरी २१ टिम प्रतिस्पर्धा गरिरहेका छन् । नगरस्तरीय अन्तर विद्यालय मैत्रीपूर्ण भलिबल प्रतियोगितामा शिक्षकको टिम १३ र शिक्षिकाको टिम ८ गरी २१ टिम सहभागी भएका प्रधानाध्यपक धनवीर चौधरीले बताए । 

प्रतियोगिताको विजेता हुनेले ट्रफी, मेडल र प्रमाणपत्र जित्नेछन् भने सो प्रतियोगिताको लागि खैरहनी नगरपालिकाले एक लाख रुपैयाँ विनियोजन गरेको हो ।