close

जनप्रतिनिधिविरुद्ध कर्मचारी विजयी

जनप्रतिनिधिविरुद्ध कर्मचारी विजयी

Trulli
ADVERTISEMENT

धनकुटा- सहिदभूमी गाउँपालिकाको स्थापना दिवसको अवसरमा कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा जनप्रतिनिधि र कर्मचारीको दुई/दुई गरी चार टोलीबीच प्रतिस्पर्धा भएको थियो । गाउँपालिकाकी उपाध्यक्ष रत्नश्वरी राईका अनुसार जनप्रतिनिधितर्फ अध्यक्ष र उपाध्यक्षको टिम र कर्मचारीतर्फ प्रमुख प्रशासकीय अधिकृत र एकाउन्टेन्टको नेतृत्वमा टिम बनेको हो ।

सो प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृतको टिम प्रथम र एकाउन्टेन्टको टिम दोस्रो भएको उनले पालिकाखबरलाई सुनाइन् । विजयी टिमलाई क्रमश शिल्डसहित पाँच हजार रुपैयाँ र दुई हजार ५०० रुपैयाँ नगद पुरस्कार वितरण गरेको उनको भनाइ छ । 

गाउँपालिकाले स्थापना दिवसको अवसरमा साँझ ६ बजेपछि पालिका भवनमा दिप प्रज्वलन गरेको उनले बताइन् । गाउँपालिकाले गत वर्ष पनि स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको उनले जानकारी दिइन् ।