close

पशु स्वास्थ्य शिविर सञ्चालन गर्दै खनियाबास

पशु स्वास्थ्य शिविर सञ्चालन गर्दै खनियाबास

Trulli
ADVERTISEMENT

धादिङ। खनियाबास गाउँपालिकाले पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। बिहिबार गाउँपालिकाले एक सुचना जारी गर्दै यहि चैत १२ देखि १४ गतेसम्म बिहान १० बजेदेखि ५ बजेसम्म विभिन्न स्थानमा शिविर सञ्चालन गरिने जनाएको हो। 

चैत १२ गते वडा नं २ स्थित कोकिममा, १३ गते वडा नं ३ स्थित निमलचेत र १४ गते वडा नं ५ को कार्यालयमा शिविर सञ्चालन हुन लागेको हो। शिविरबाट पशुपछींको सम्बन्धी सेवा लिन सम्बन्धित पालिकाबासीलाई गाउँपालिकाले अनुरोध गरेको छ ।