close

कुकुरको नि:शुल्क बन्ध्याकरण गर्दै हुप्सेकोट

कुकुरको नि:शुल्क बन्ध्याकरण गर्दै हुप्सेकोट

Trulli
ADVERTISEMENT

नवलपरासी पू – हुप्सेकोट गाउँपालिकाले निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले शिविरमार्फत घरपालुवा तथा सामुदायिक कुकुरहरुको निःशुल्क स्थायी बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको खोप लगाउने भएको छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कावासोती र गाएँपालिकाको सहकार्यमा शिविर सञ्चालन हुन लागेको हो । कार्यक्रम यहि फागुन २६ गते, शनिबार वडा नं ३ स्थित हुप्सेकोट प्राविधिक शिक्षालय परिसरमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

सो शिविरमा आफ्नो टोल समाजका कुकुरको बन्ध्याकरण गर्न पालिकालाई सहजिकरण गरिदिन स्थानीयलाई गाउँपालिकाले अनुरोध गरेको छ ।