close

भैँसीको गोठ सुधार्दै नौगाड गाउँपालिका

भैँसीको गोठ सुधार्दै नौगाड गाउँपालिका

Trulli
ADVERTISEMENT

दार्चुला– नौगाड गाउँपालिकाले गोठ सुधार कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा भैँसी पालक किसानलाई गोठ सुधार कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत खोर/गोठ सुधार कार्यक्रमअन्तर्गत भैँसी पालक किसानलाई गोठ सुधारका लागि ५० प्रतिशत अनुदान दिन लागेको कृषि तथा पशुपन्छी विकास शाखा अधिकृत प्रकाशसिं धामीले बताए । कार्यक्रममा हरेक वडाका किसानलाई समेट्ने उनले जानकारी दिए । 

गाउँपालिकाका गोठ सुधारका लागि आवेदन दिन भैँसीपालक कृषकलाई बुधबार एक सूचना जारी गर्दै अनुरोध समेत गरेकाे छ । इच्छुक भैँसी पालक कृषक, कृषि फर्म, उद्यमी कृषकले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवदेन दिन सकिने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको पशु शाखा अधिकृत धामीले जानकारी दिए । गत वर्ष कार्यक्रममार्फत गाई गोठ सुधारमा अनुदान दिएकाे उनले पालिकाखबरलाई बताए ।