close

कर्मचारी अभावले पीपीआर खोप सेवा लम्बियो

कर्मचारी अभावले पीपीआर खोप सेवा लम्बियो

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- बलेफी गाउँपालिकामा पीपीआर खोप अझै कायम छ । देशभर सञ्चालनमा रहेको भेडा बाख्रामा लाग्ने पीपीआरविरुद्धको खोप गत २२ गते नै सम्पन्न हुनु पर्ने थियाे । तर कर्मचारी अभावले बलेफीमा खाेप कार्यक्रम अझै जारी रहेको पशु शाखाका पशु सेवा प्राविधिक दिपेन्द्र दंगालले बताए । 

शाखाका पशु सेवा प्राविधिक दंगालका अनुसार हाल वडा नम्बर ३ मा खाेप जारी रहेको हो । उनले भने,'खोप लगाउनको लागि निवेदन आव्हान गर्दा २ जना प्राविधिकले मात्र निवेदन दिनुभयो । त्यसैले हाम्रो गाउँपालिमा अझै खोप अभियान जारी छ ।'

पीपीआर बाख्रामा लाग्ने एक खालको हैजा हो । यो रोग लागेपछि बाख्रालाई ज्वरो आएर मर्ने समस्या हुन्छ ।  गाउँपालिकाले १४ खोप प्राप्त गरेको उल्लेख गरेको छ ।