close

चैत १ गतेदेखि पर्सागढीमा खोरेतविरुद्धको खोप अभियान

चैत १ गतेदेखि पर्सागढीमा खोरेतविरुद्धको खोप अभियान

Trulli
ADVERTISEMENT

पर्सा- पर्सागढी नगरपालिकाले खोरेत रोगविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । नगरपालिकाले यही चैत १ गतेदेखि पशुमा लाग्ने खोरेत र पिपिआर रोगविरुद्ध खोप लगाउन लागेको नगरपालिकाको पशुशाखाले जनाएको छ ।

पशु चिकित्सक इन्द्रकुमार झाका अनुसार चैत १ गते वडा नम्बर ९ बाट खोप लगाउन सुरु गरिनेछ । उनका अनुसार ४ हजार पशुका लागि खोरेतविरुद्धको भ्याक्सिन र १५ हजार पशुको लागि पीपीआरविरुद्धको भ्याक्सिनको व्यवस्था गरिएको छ । 

यो अभियानमा घरघरमै पुगेर गाई, भैँसी, भेडा, बाख्रालगायतका पशुलाई खोप दिइनेछ । यसका लागि कम्तीमा १० दिन समय लाग्ने नगरपालिकाले जनाएको छ । खोरेत रोग खुर फाटेका जनावरमा लाग्ने सरुवा रोग भएकाले अन्य पशुमा सर्नबाट रोक्न अभियानकै रूपमा खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको हो ।

यो रोग लागेमा पशुको खुट्टा तथा मुखको वरिपरि घाउ हुने, गन्हाउने, पाक्ने, पशुलाई ज्वरो आउनेलगायतका लक्षण देखापर्ने पशु चिकित्सक झाको भनाइ छ ।