close

पशु विकासलाई २५ लाख बजेट, घाँसदेखि भ्याक्सिनसम्मको योजना

पशु विकासलाई २५ लाख बजेट, घाँसदेखि भ्याक्सिनसम्मको योजना

Trulli
ADVERTISEMENT

कपिलवस्तु - कपिलवस्तु नगरपालिकाले पशु विकासलाई सीमित मात्रै बजेट विनियोजन गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा २५ लाख मात्रै बजेट विनियोजन गरेको छ । 

नगरपालिकाको पशु विकास अधिकृत केशवप्रसाद हरिजनका अनुसार पालिकाले चालू आवमा थोरै मात्रै बजेट विनियोजन गरेको हो । चालू आवमा पशुलाई भ्याक्सिन, घाँस, स्वास्थ्योपचार र माछा पालनको लागि बजेट विनियोजन गरेको उनले पालिकखबरलाई बताए । 

आफूहरुले थप बजेट माग गर्दा पनि पालिकाले बेवास्ता गरेको गुनासो उनको छ । पालिकाले दिएको बजेटको परिधिमा रहेर पशु क्षेत्रको लागि काम गर्ने उनले सुनाए । 

उनले भने, ‘मागेर पनि पाएन । जेजति बजेट दिएको छ । त्यसमै रहेर काम गर्ने छौँ ।’ उनका अनुसार पालिकाभित्र १५० भन्दा बढी व्यावसायिक फार्म दर्ता भई सञ्चालनमा रहेका छन् । 

उनका अनुसार पालिकाभित्र गाई, भैँसी, बाख्रालगायतकाे पशु पालन हुँदै आएकाे छ ।