close

बर्दगोरियाले गर्याे २७५ छाडा पशु चौपायाको व्यवस्थापन

बर्दगोरियाले गर्याे २७५ छाडा पशु चौपायाको व्यवस्थापन

Trulli
ADVERTISEMENT

कैलाली– बर्दगोरिया गाउँपालिकाले छाडा पशुचौपायालाई व्यवस्थापन गर्दै आएको छ । गाउँपालिकाले दुई वटा गौशालामा २७५ वटा छाडा पशु चौपायालाई व्यवस्थापन गर्दै आएको हो ।

छाडा पशु चौपायाले दुर्घटना तथा स्थानीय बासिन्दाले लगाएको बालीनाली नोक्सान गर्ने भएकोले गौशाला निमार्ण गरेको पशु सेवा शाखा अधिकृत छैटौंका जयप्रसाद कोइरालाले बताए । आर्थिक वर्ष २०७४/७५ सालदेखि हालसम्ममा २७५ वटा वटा पशुचौपाया व्यवस्थापन गरेको अधिकृत कोइरालाले बताए । 

चालु आर्थिक वर्ष २०८०/८१ मा छाडा चौपायालाई खोरेत रोग विरुद्धको खोप लगाइएको अधिकृत कोइरालाले पालिकाखबरलाई जानकारी दिए । गाउँपालिकामा २ दशमलब ५ विगाहामा दुई वटा ठुला गौशाला निर्माण गरी २७५ वटा छाडा पशु चौपायालाई व्यवस्थापन गरेको उनको भनाइ छ । 

कपिलबस्तुदेखि महेन्द्रनगरसम्म छाडा पशु चौपायाले दुःख दिने गरेको उनले बताए । छाडा पशु चौपाया भारतबाट आउने गरेको उनको अनुमान छ । गाउँपालिकाले छाडा पशु चौपायाका लागि भनेर १० लाख बजेट विनियोजन गरेको छ ।