close

नीतिमा मात्रै सीमित ‘एक घर, एक दुहुनु गाई’ कार्यक्रम

नीतिमा मात्रै सीमित ‘एक घर, एक दुहुनु गाई’ कार्यक्रम

Trulli
ADVERTISEMENT

बाजुरा– स्वामीकार्तिक खापर गाउँपालिकाकाे ‘एक घर, एक दुहुनु गाई’ कार्यक्रम कार्यान्वयनमा आउन सकेकाे छैन । साे कार्यक्रमकाे लागि गाउँपालिकाले  नीति तथा कार्यक्रममा समावेश गरे पनि कार्यान्वयनमा ल्याउन नसकेकाे हाे ।

गाउँपालिकाकाे कृषि शाखाका अधिकृत विनाेद शाहीका अनुसार  चालु आर्थिक वर्षमा गाउँपालिकामा सीमित मात्रै बजेट विनियाेजन भएकाले साे कार्यक्रम कार्यान्वयनमा आउन नसकेकाे हाे । गाउँपालिकाले स्थानीय कृषकलाई पशु पालनमा आकर्षण बढाउनुका साथै प्राेत्साहन बढाउनका लागि साे कार्यक्रम ल्याएकाे उनले पालिकाखबरलाई सुनाए । 

 तर गाउँपालिकाले पशु पालक कृषकलाई लक्षित गरी अनुदानमा हिउँदे घाँसकाे बीउ वितरण गर्दै आएकाे उनले सुनाए । उनका अनुसार गाउँपालिकामा करिब दुई हजार जना स्थानीय बासिन्दाले गाई र भै‌सी पालन गर्दै आएका छन् । साे कार्यक्रम सञ्चालनमा आउन सकेमा पशु पालक कृषककाे संख्यासमेत बढ्ने उनकाे अनुमान छ ।