close

शुद्धोधनमा २२५ पशुको लागि निः शुल्क औषधि वितरण

शुद्धोधनमा २२५ पशुको लागि निः शुल्क औषधि वितरण

Trulli
ADVERTISEMENT

कपिलवस्तु– शुद्धोधन गाउँपालिकाले पशुको उपचारका लागि औषधि वितरण गरेको छ । शुद्धोधन-५  का किसानहरूले पालेका २२५ पशुको लागि निःशुल्क औषधि वितरण गरिएको वडाध्यक्ष आशुतोष कुमार सिंहले बताए । 

गाउँपालिकाका वडा नम्बर ५ को कार्यालय हथिहवाको चालु आर्थिक वर्ष ०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पशुलाई निः शुल्क औषधि वितरण गरिएको वडाध्यक्ष सिंहले जानकारी दिए । 

वडामा बाँकी रहेका पशुलाई शुक्रबार पनि औषधि वितरण गरिने उनले बताए । वडाभित्रका पशु पालन कृषकलाई वडा कार्यालयमा पशुहरुको औषधि लिन सकिने गाउँपालिकाले जनाएको छ ।