close

बङ्गुर प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै गोसाईकुण्ड

बङ्गुर प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै गोसाईकुण्ड

Trulli
ADVERTISEMENT

रसुवा– गोसाईकुण्ड गाउँपालिकाले बङ्गुर प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले ५० प्रतिशत लागत साझेदारीमा बङ्गुर प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकामा दर्ता गरेर व्यावसायिक बङ्गुर पालक कृषकसँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख अनोज प्रसाद बाँसकोटाले बताए । 

सो कार्यक्रममार्फत खोर निर्माण, खोर सुधार, खोप, भाले तथा पोथि बङगुर खरिद, जैविक सुरक्षाको व्यवस्थापन, फर्ममा आवश्यक उपकरण खरिदमा गाउँपालिकाले ५० प्रतिशत लागत साझेदारी गर्न लागेको हो । 

गाउँपालिकाले बङ्गुर प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्नका लागि आवेदन माग गर्दै इच्छुक कृषकलाई आवेदन पेश गर्न आह्वान गरेको छ । पालिकाले यसअघि पनि आवेदनका लागि सूचना जारी गरेको थियो । तर, बङ्गुर पालक कृषकको थोरै मात्र आवेदन परेकाले पुनः सूचना जारी गरेको उनले जानकारी दिए । 

गाउँपालिकाले बुधबार जारी गरेको सूचनाअनुसार ७ दिनभित्र इच्छुक कृषि तथा पशुपंक्षी फर्म/कृषक समुह/ कृषक सहकारीले ७ भित्र लागत साझेदारीका लागि आवेदन पेश गर्नुपर्ने छ । 

चालु आर्थिक वर्षबाट सुरु गरिएको बङ्गुर प्रवर्द्धन कार्यक्रमबाट लागत साझेदारीमा कम्तीमा १० जना कृषकहरुलाई समेट्ने योजना रहेको उनले पालिकाखबरलाई बताए ।