close

बाख्रा पाल्न सिकाउँदै केराबारी

बाख्रा पाल्न सिकाउँदै केराबारी

Trulli
ADVERTISEMENT

मोरङ - केराबारी गाउँपालिकाको वडा नम्बर ३ मा बाख्रापालनसम्बन्धी तालिम सम्पन्न भएको छ । गाउँपालिकाको लघु वित्त गरिबी निवारणको आयोजनामा एक हप्ते तालिम सम्पन्न भएको हो । 

गाउँपालिकाकी लघु उद्यम विकासका सहजकर्ता नीमा तामाङको अनुसार पालिकामा बाख्रा पालनलाई व्यवसायिक तथा उत्पादनमुखी बनाउनका लागि सो तालिम सञ्चालन गरेको हो । तालिमको लागि पशु चिकित्सकले ७ दिन तालिम दिएको उनले पालिकाखबरलाई सुनाइन् । 

तालिममा बाख्रा पालनको लागि आहारको व्यवस्थापन, औषधी उपचार, हेरचाहलगायत आवश्यक सीप दिएको उनको भनाइ छ । तालिममा वडा नम्बर ३ का १६ जना स्थानीय बासिन्दाको सहभागिता रहेको उनले बताइन् ।

गाउँपालिकामा कार्यक्रममा सहभागी गराउनका लागि ग्रामीण लेखाजोखाबाट योग्य व्यक्ति छनोट गरेको उनले सुनाए । प्रतिव्यक्ति आयमा कमजोर भएका व्यक्तिलाई प्राथमिकतामा राखी सो कार्यक्रम गरेको उनको भनाइ छ ।