close

पशुचौपायालाई खोरेत रोग विरुद्ध खोप लगाउँदै जानकी

पशुचौपायालाई खोरेत रोग विरुद्ध खोप लगाउँदै जानकी

Trulli
फाइल तस्विर
ADVERTISEMENT

बाँके– जानकी गाउँपालिकाले पशुचौपायामा लाग्ने खोरेत रोगविरुद्ध खोप अभियान सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले पशुचौपायामा लाग्ने खाेरेत रोग कम गर्न सो अभियान सञ्चालनमा ल्याएको हो ।

पशुचौपायालाई खोरेत खोप यही फागुन १६ गतेदेखि लगाउन शुरु गरेको पशु शाखाका अधिकृत दिलबहादुर खड्काले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका हरेक वडामा खोप केन्द्र सञ्चालन गरी खोप लगाउने गरेको छ ।

गाउँपालिकाले स्थानीय १५ हजार पशुचौपायालाई खोप लगाउने लक्ष्य रहेको अधिकृत खड्काले पालिकाखबरलाई जानकारी दिए । जन्मेको ३ महिनादेखि सो खोप लगाउने गरेको उनले जानकारी दिए ।

खोरेत रोगका कारण घरपालुवा जनावर जोखिममा परेको भन्दै अभियान सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको ६ वटा वडामा अभियान सञ्चालनमा ल्याएको हो । एक वडामा २ जना पशु प्राविधिकसहित टोली खटाएको अधिकृत खड्काले बताए । 

पशुचौपायामा खोरेत रोग लागेमा पशुलाई बेस्सरी ज्वरो आउने, र्याल निकाल्ने, राम्रोसंग दाना नखाने, मुख र खुट्टामा एकैचोटी घाउ निस्किनेलगायतको लक्षण देखा परेमा औषधी उपचार गरे निको हुने गाउँपालिकाको पशु शाखाले जनाएको छ । खोरेत रोग विरुद्धको खोप कार्यक्रम सकिएपछि बंगुर, भेडा, कुखुरामा लाग्ने रोग विरुद्धको खोप लगाउने अधिकृत खड्काले जानकारी दिए ।