close

इच्छाकामनामा १२० वटा कुकुरको बन्ध्याकरण

इच्छाकामनामा १२० वटा कुकुरको बन्ध्याकरण

Trulli
ADVERTISEMENT

चितवन- इच्छाकामना गाउँपालिकामा १२० वटा कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ । छाडा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका पशुपंक्षी विकास शाखा प्रमुख पशुचिकित्सक डा. सुनिल ज्ञवालीका अनुसार सामुदायिक कुकुरहरुको वृद्धिलाई रोक्न र कुकुरले टोकेमा रेविज नलागोस भनेर गाउँपालिकाले बन्ध्याकरणसहित खोप लगाइएको हो । गाउँपालिकाको  वडा नम्बर ३, ४, ५ र ६ को हाइवे क्षेत्रमा रहेका सामुदायिक  कुकुरहरुको बन्ध्याकरण गरिएको हो । 

बन्ध्याकरणसँगै ती कुकुरहरुको उपचार समेत गरिएको छ । यस अघि गाउँपालिकाले असोज महिनामा घरपालुवा र सामुदायिक गरी एक हजार ७०० कुकुरलाई रेविजविरुद्धको खोप लगाएको थियो । इच्छाकामनामा सामुदायिक कुकुरले मानिसलाई टोक्न थालेपछि बन्ध्याकरण र रेविज विरुद्धको खोप अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।