close

भिमादद्वारा विभिन्न योजनाका लागि ५ करोड माग

भिमादद्वारा विभिन्न योजनाका लागि ५ करोड माग

Trulli
ADVERTISEMENT

दमौली– तनहुँको भिमाद नगरपालिकामा  पाँच करोडका योजना माग गरिएको छ । नेकपा (एकीकृत समाजवादी) भिमाद नगर कमिटीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई सोमबार मागपत्र बुझाउँदै विभिन्न योजनाका लागि बजेट बिनियोजन गर्न आग्रह गरेको हो । 

 

नगर कमिटीका अध्यक्ष काजीमान श्रेष्ठले विभिन्न दश योजनाका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन गरिदिन मन्त्री श्रेष्ठसमक्ष आग्रह गरे । उनले सडकका ६, खानेपानीका दुई, बाँध निर्माण र पहिरो नियन्त्रणका एक÷एक योजनामा बजेट विनियोजन गर्न माग गरिएको जानकारी दिए । भिमाद नगरपालिकाअन्तर्गत भिमाद भागर मोटरमार्ग स्तरोन्नति, बगैँचा पोखरीडाँडा सडक ढलान, दैकेडाँडा खानापानी आयोजनालगायतका योजनाका लागि बजेट माग गरिएको छ ।

 

मन्त्री श्रेष्ठले समाजवादी पार्टीको सङ्गठन मजबुत बनाउनका लागि पनि अन्तर मन्त्रालयसँग समन्वय गरेर बजेट विनियोजन गराउने प्रतिबद्धता जनाए । उनले समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।