close

१२ अंकले घट्यो नेप्से, ८२ करोडको मात्र कारोबार

१२ अंकले घट्यो नेप्से, ८२ करोडको मात्र कारोबार

Trulli
ADVERTISEMENT

काठमाडौं । सेयर बजारमापक परिसूचक आज पनि दोहोरो अंकको गिरावट भएको छ । 

बुधबार नेप्से ११.९७ अंकले गिरावट भएर १९३९.८८ अंकमा बन्द भएको छ । नेप्से सोमबारदेखि लागाातार ओरालो लागेको हो ।

बुधबार नेप्सेमा २९ लाख ४३ हजार ७२९ कित्ता सेयर किनबेच हुँदा ८२ करोड ६२ लाख ३० हजार ५८३ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक ५ करोड १५ लाख ६० हजारको कारोबार भएको छ ।

बुधबार बजारमा कुल १८८ कम्पनीको सेयर कारोबार भएकोमा १४७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । बुधबार कारोबार भएकामध्ये सनराइज फर्स्ट म्युचुअल फण्डको इकाइ मूल्य ७.७२ प्रतिशतले वृद्धि हुँदा प्राइम डिवेञ्चर २०८८ को मुल्य ५.८८ प्रतिशतले गिरावट आएको छ ।