close

चौथो दिन पनि ओरालो लाग्यो सेयर बजार

चौथो दिन पनि ओरालो लाग्यो सेयर बजार

Trulli
ADVERTISEMENT

काठमाडौं । नेप्से परिसूचक लगातार चौथो दिन पनि ओरालो लागेको छ । सेयर बजार परिसूचक नेप्से २.१३ अङ्कले घटेर १९३७.७४ को विन्दुमा झरेको छ ।

आज बैंक, व्यापार, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फन्डको शेयर घटेको छ । अरू समूहको शेयर भने सामान्य बढेको छ ।

आज २२७ वटा कम्पनीको ३४ लाख एक हजार कित्ता सेयर एक अर्ब चार करोड ४३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको १३ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

समग्रमा बजार घटे पनि ग्लोबल आईएमई लघुवित्तको शेयर साढे चार प्रतिशतले बढेको छ ।