close

लगातार घट्दै, सेयरबजारमा परिसूचक

लगातार घट्दै, सेयरबजारमा परिसूचक

Trulli
ADVERTISEMENT

काठमाडौं । सेयर बजारमा परिसूचक नेप्सेसँगै कारोबार रकम पनि लगातार घट्दै गएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ११.४७ अंक (०.५९ प्रतिशत) ले गिरावट भएर १९२६.२८ अंकमा बन्द भएको छ ।

बजार परिसूचक नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा अन्य उपसूचक भने ०.२९ प्रतिशतले वृद्धि भएको छ । नेप्सेसँगै कारोबार रकम पनि ओरालो लागेको छ ।

आइतबार बजारमा कारोबार रकम करिब ७५ करोडभन्दा झरेको छ । आइतबार २५ लाख २४ हजार २२४ कित्ता सेयर किनबेच हुँदा ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको कारोबार भएको छ ।

गत साता बुधबार ८२ करोड र सोमबार ९० करोडमा सीमित भएको कारोबार रकम आइतबार त्यसभन्दा पनि घटेको छ ।

आइतबार कारोबार भएकोमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक ३ करोड ९५ लाख ७८ हजारको कारोबार हुँदा नबिल बैंकको ३ करोड १७ लाख ५१ हजारको कारोबार भएको छ ।

आइतबार कारोबार अवधिभर कुल १८९ कम्पनीको सेयर कारोबार हुँदा १५६ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।

यस्तै २६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ७ कम्पनीको सेयर मूल्य स्थिर भएको छ ।

आइतबार कारोबार भएको कम्पनीमध्ये मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ४.५६ प्रतिशतले वृद्धि हुँदा सामुदायिक लघुवित्तको सेयर मूल्य ३.८९ प्रतिशत र दोर्दी खोला जलविद्युत् कम्पनीको २.३१ प्रतिशतले वृद्धि भएको छ ।