close

दोस्रो दिन पनि उकालो लाग्यो सेयर बजार : डेढ अर्बको कारोबार

दोस्रो दिन पनि उकालो लाग्यो सेयर बजार : डेढ अर्बको कारोबार

Trulli
ADVERTISEMENT

काठमाडौं । मंगलबारदेखि उकालो लागेको सेयरबजार आज पनि बढेको छ । हिजो २१ अंकले बढेको नेप्से परिसूचक आज ४७.४४ अंकले उकालो लागेर १९८१.४८ विन्दुमा पुगेको छ ।

सबै समूहको सेयर बढेकोमा फाइनान्स, विकास बैंक, माइक्रो फाइनान्स र उत्पादन समूहको शेयर उच्च अंकले उकालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि केही सुधार आएको छ । 

आज २२७ वटा कम्पनीका ४६ लाख १८ हजार कित्ता सेयर एक अर्ब ४५ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नविल बैंकको ६ करोड ५१ लाख रुपैयाँ बारबरको किनबेच भयो ।

आज ग्रिन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको शेयर झण्डै साढे आठ प्रतिशतले बढेको छ । एनआईसी एसिया क्याप फण्डको शेयर १० प्रतिशतले घटेको छ ।