close

ठाकुरबाबा नगरद्वारा कवाडी कर संकलन ठेक्का शिलबन्दी बोलपत्र पेश गर्न आह्वान

ठाकुरबाबा नगरद्वारा कवाडी कर संकलन ठेक्का शिलबन्दी बोलपत्र पेश गर्न आह्वान

Trulli
ADVERTISEMENT

काठमाडौं । बर्दियाको ठकुरबाबा नगरपालिकाले आव२०७९/०८० को लागि कबाडी 'मालसमान, जडीबुटी र जीवजन्तु बिक्री वितरण तथा उपयोगमा लाग्ने कर संकलन ठेक्का बन्दोबस्तसम्बन्धी शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । 

नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गरी नगरले यस्तो आह्वान गरेको हो । 

‘आव २०७९/०८० का लागि मुख्य राजमार्गसमेत नगरपालिकाको क्षेत्रभित्रका उद्योग कलकारखाना, फर्म आदिबाट निस्कने कबाडी मालसामान, जडीबुटी र प्रचलित कानुनबमोजिम निषेधित जीवजन्तुबाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिंग, प्वाँख, छाला वा यस्तै प्रकृतिको व्यावसायिक उपयोग गरेवापत बिक्री बितरण तथा उपयोगमा लाग्ने कर संकलनका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६१ बमोजिम देहायको आन्तरिक आयसम्बन्धी ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकाले यस नगरपालिकाले तोकेको सर्तको अधिनमा रही इच्छुक व्यवसायी, फर्म, कम्पनी तथा व्यक्तिबाट तोकिएको न्यूनतम अंकमा नघट्ने गरी कर शुल्क संकलन गर्नका लागि यस नगरपालिकाबाट जारी गरिएको तपशीलबमोजिमको शिलबन्दी दरभाउपत्र फाराम खरिद गरी तोकिएको म्याद भित्रमा रीतपूर्वक पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।