काठमाडौं । पर्साको बहुदरमाई नगरपालिकाको आव २०७९/८० का लागि बजेट ल्याएको छ ।
असार १० गते नै बजेट सार्वजनिक गर्नुर्ने संवैधानिक व्यवस्था भए पनि विविध कारण रोकिएको बजेट नगरले शुक्रबार आठौं नगरसभाद्वारा सार्वजनिक गरेको हो ।
नगरले अव २०७९/८० का लागि ६७ करोड ७९ लाख ११ हजार ४२१ आय व्याय अनुमान गरेको छ ।
जसअन्तर्गत संघीय सरकारबाट समानीकरण अनुदानतर्फ १३ करोड ८२ लाख, ससर्तअनुदान २ करोड १० लाख ३० हजार र समपूरक अनुदान १ करोडलगायत रहने पालिकाले जनाएको छ ।