close

एक हप्तापछि एकदिन बढेको सुनको मूल्य फेरि घट्यो

एक हप्तापछि एकदिन बढेको सुनको मूल्य फेरि घट्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । 

लगातार ओरालो लागेको सुनको मूल्य आइतबार ३०० रुपैयाँ बढेको थियो । तर आज फेरि तोलामा ४०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज ९१ हजार ४०० रुपैयाँ कायम भएको छ । तेजाबी सुन आज ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार १८५ रुपैयाँ कामउ भएको छ ।