close

हाम्रो पात्रो रेमिटको १ वर्ष पूरा, पहिलो वर्षमै भित्रियो १ अर्ब ५० करोड रेमिट्यान्स

हाम्रो पात्रो रेमिटको १ वर्ष पूरा, पहिलो वर्षमै भित्रियो १ अर्ब ५० करोड रेमिट्यान्स

Trulli
ADVERTISEMENT

नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले “हाम्रो पात्रो रेमिट” सञ्चालनमा ल्याएको १ वर्ष पूरा भएको छ । यस अवधीमा हाम्रो पात्रो रेमिट मार्फत १ अर्ब ५० करोड रुपैया नेपाल भित्रीएको छ । 

मोबाइल एप हाम्रो पात्रो प्रति प्रयोगकर्ताहरूको विश्वास र हाम्रो पात्रो रेमिटबाट नेपाल पैसा पठाउन सहज र सरल भएकाले पहिलो वर्षमै उत्साहजनक रेमिट्यान्स नेपाल भित्रिएको रेमिटको सीईओ सुदिना गौतमको भनाइ छ । उनको अनुसार शुरुवातको पहिलो वर्षमै १ अर्ब ५० करोडको ठूलो आंकडा पार गरेको हुँदा हाम्रो पात्रो रेमिटका टिम निक्कै उत्साहित छन् ।

पछिल्लो ३ महिनामा  ५० करोड रुपैयाँ रेमिट्यान्स भित्राएको हाम्रो पात्रो रेमिटले गत महिनामा मात्रै २० करोड रुपैयाँ रेमिट्यान्स भित्राएको छ । अमेरिकामा मात्र सुचारु भएको हाम्रो पात्रो रेमिटबाट स्वदेश पैसा पठाउँदा तुलनात्मक रुपमा अन्य रेमिटहरूभन्दा धेरै रेटमा पैसा पठाउन सकिन्छ । 

“अष्ट्रेलिया, जापान लगायतका देशहरूमा यो सेवा कहिलेबाट शुरु हुँदैछ भनेर धेरै प्रयोगकर्ताहरूको जिज्ञासा छ । हामी विस्तारै नै अन्य देशहरू पनि समेट्दै लानेछौं । अब अमेरिकापछि अष्ट्रेलियामा भने यो सेवा छिट्टै शुरु हुँदैछ । अष्ट्रेलियाका प्रयोगकर्ताहरूलाई यो खबर सुनाउन उत्साहित छौं” सीईओ सुदिना गौतम थप्छन् । 

त्यसबाहेक, हाम्रो पात्रो रेमिटमा भर्खर मात्र शुरु भएको इन्स्ट्यान्ट पे अहिले प्रयोगकर्ताहरूको लागि प्रमुख आकर्षण बनिरहेको छ । ‘इन्स्ट्यान्ट पे’बाट प्रयोगकर्ताहरूले नेपालमा पठाएका पैसा आफन्त तथा साथीभाइहरूले आफ्नै बैंक खातामा २४ घण्टा भित्र नै पाउन सक्छन् । “हाम्रो पे” डिजिटल वालेट पनि हाम्रो पात्रो छिटै सार्वजनिक गर्ने गृहकार्यमा जुटेको छ । यसको प्रयोगमार्फत प्रयोगकर्ताहरूले विदेशबाट स्वदेशमा भएको आफन्तको हाम्रो पे खातामा तुरुन्तै पैसा पठाउने मिल्नेछ ।