close

अर्थतन्त्र उकास्न शिवालयमा चिया खेती

अर्थतन्त्र उकास्न शिवालयमा चिया खेती

Trulli
ADVERTISEMENT

जाजरकोट - शिवालय गाउँपालिकाले कर्णालीमै पहिलाे पटक चिया खेती गर्ने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ देखि चिया खेती सुरु गर्न लागेको हो । 

गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीका अनुसार गाउँपालिकाको अर्थतन्त्रलाई सुधार गर्न चिया खेती सुरु गर्न लागिएको हो । सोका लागि नेपाल सरकारले चालू आवमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले पालिकाखबरलाई जानकारी दिए । 

चिया खेतीका लागि सुरुवाती चरणमा ६००० प्लान्ट लगाइने उनले सुनाए । गाउँपालिका क्षेत्रमा ५ लाखओटा प्लान्टसम्म चिया खेती गर्ने योजना रहेको उनले जानकारी दिए । उनका अनुसार चिया खेती अन्तर्गत नर्सरी निर्माण गर्नको लागि धनकुटा र झापाबाट आवश्यक विरुवा खरिद गरेर ल्याउने तयारी भइरहेको छ। 

कर्णाली प्रदेशमा पहिलो पटक चिया खेती गर्न लागेको उनले जानकारी दिए । बेरोजगारीले गर्दा पालिकाभित्रका युवा पलायन हुन थालेपछि रोजगारी सृजना गरी चिया खेतीमा आर्कषण बढाउन सक्ने उनको विश्वास छ । चिया खेतीसँगै कफि खेतीलाई पनि प्राथमिकता दिने उनको योजना छ ।