close

बजार अनुगमनपछि नौबहिनीको राजश्व वृद्धि

बजार अनुगमनपछि नौबहिनीको राजश्व वृद्धि

Trulli
ADVERTISEMENT

प्युठान - नौबहिनी गाउँपालिकामा नियमित बजार अनुगमन भएसँगै राजस्व संकलनमा सुधार भएको छ । अनुगमनमार्फत व्यावसायिक पसललाई दर्ता गराएसँगै राजस्व संकलनमा सुधार भएको हो । 

गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक विस्ना थापाले पालिकाभित्र दर्ता नभइकन अधिकांश पसलहरु सञ्चालनमा आइरहेको उनले बताइन् । पसललाई अनुगमनको निर्देशनमार्फत दर्ता गराई नियमित कर तिर्ने गरेको उनले पालिकाखबरलाई सुनाइन् । 

उनका अनुसार गाउँपालिकाले आवश्यकताको आधारमा बजार अनुगमन गर्दै आएको छ । उद्योग वाणिज्य संघसँगको सहकार्यमा अनुगमन गर्दै आएको उनले बताइन्  । 

स्थानीयलाई व्यवसायीले एउटा मूल्यसूची देखाएर बढी पैसा लिन सक्ने भएकाले बजार अनुगमनलाई प्राथमिकता दिएको उनले सुनाइन् । अनुगमनमा म्याद नाघेका सामग्री, अस्वस्थ्य खाद्यान्न विक्री गरेको पाइएमा जफत गरी कारबाही गर्ने गरेको उनले बताइन् ।