close

गाउँपालिकाभित्र जलविद्युत : सम्भावना ८, निर्माण ४

गाउँपालिकाभित्र जलविद्युत : सम्भावना ८, निर्माण ४

Trulli
ADVERTISEMENT

दैलेख- गाउँपालिकाकै लगानीमा जलविद्युत बन्न सक्दैन तर आफूसँग भएको जलस्रोत र लगानीकर्ताबीच पुलको काम गरी लगानी भित्र्याउने भूमिका भने खेल्न सक्छ । 

दैलेख जिल्लाको नौमुले गाउँपालिका त्यही पुलको काम गरिरहरेको छ । गाउँपालिकाभर ४ स्थानमा जलविद्युत निर्माणको सम्भावना छ जसमध्ये अहिले २ वटा निर्माण सम्पन्न र २ वटा निर्माणाधीन गरी ४ जलविद्युत गाउँपालिकामा भित्रिसकेको नौमुलेका प्रवक्ता कृष्णबहादुर सलामी बताउँछन् । उनका अनुसार अझै बिजुली बन्न सक्ने ४ वटा स्थान गाउँपालिकाले प्रारम्भिक अध्ययनबाट पत्ता लगाइसकेको छ । 

गाउँपालिकामा बग्ने पदम खोलाबाट ४.५ मेगावाटको पदम खोला हाइड्रोपावर र द्वारीखोलाबाट ३.७५ मेगावाटको द्वारी खोला हाइड्रोपावर गरी ७.२५ मेगावाटको विद्युत उत्पादन भई राष्ट्रिय प्रसारन लाइनमा जोडिएको गाउँपालिकाले जनाएको छ । 

त्यस्तै, ४ मेगावाटको अपर लोहरी हाइड्रोपावर निर्माणको अन्तिम चरणमा रहेको छ भने ४.५ मेगावाटको तल्लो लोहरी हाइड्रोपावर पनि निर्माणकै क्रममा रहेको छ ।