close

आयआर्जनमा जोड्न अलैँची प्रवर्द्धन कार्यक्रम

आयआर्जनमा जोड्न अलैँची प्रवर्द्धन कार्यक्रम

Trulli
ADVERTISEMENT

पर्वत - महाशिला गाउँपालिकाले अलैँची प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकामा अलैँची उत्पादनको सम्भावना रहेको र उत्पादनमा वृद्धि गर्नको लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा सो कार्यक्रमको लागि गाउँपालिकाले तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाको कृषि शाखाका कृषि अधिकृत सन्तोष धितालले पालिकाभित्र अलैँची खेती बढाउनका लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको बताए । गाउँपालिकाको वडा नम्बर २ र ५ मा अलैँची खेती हुँदै आएको उनले पालिकाखबरलाई बताए । 

गाउँपालिकाको कृषि शाखाका प्राविधिक सहायक जनक भुषालका अनुसार गाउँपालिकाभित्र १० जनाले व्यक्तिगत रुपमा र केहीले समूहगत रुपमा अलैँची खेती गर्दै आएका छन् । गाउँपालिकामा उत्पादित अलैँची समूह तथा सहकारीमार्फत बजारमा बेच्न लैजान उनले सुनाए ।