close

मंसिरकाे पहिलाे दिनमै सुनकाे मूल्य प्रति तोला दुई हजार ३०० ले बढ्यो, कतिमा हुँदै छ काराेबार

मंसिरकाे पहिलाे दिनमै सुनकाे मूल्य प्रति तोला दुई हजार ३०० ले बढ्यो, कतिमा हुँदै छ काराेबार

Trulli
ADVERTISEMENT

काठमाडौं - मंसिर महिना लागेसँगै सुन र चाँदीको मूल्य बढेको छ । विवाहको सिजन सुरु भएसँगै शुक्रबार एकैदिनमा सुनको मूल्य प्रतितोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारपछि पहिलो दिनकै कारोबारमा मूल्य बढेको हो ।

यससँगै छापावाला सुन प्रतितोला१ लाख १५ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १४ हजार ९५० रुपैयामा कारोबार हुँदै आएको छ । तिहारअघि २७ कात्तिकमा प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँमा  भएको थियो ।