close

म्यागङमा यस वर्ष मात्रै ८४ टन सुन्तला उत्पादन

म्यागङमा यस वर्ष मात्रै ८४ टन सुन्तला उत्पादन

Trulli
ADVERTISEMENT

नुवाकोट– म्यागङ गाउँपालिका यस वर्ष अनुमानितभन्दा बढी सुन्तला उत्पादन भएको छ । गाउँपालिकाले सुन्तला खेती प्रर्वद्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकाले चालु आर्थिक वर्षमा अनुमानितभन्दा एक तिहाइभन्दा बढी सुन्तला उत्पादन भएको हो । 

पशु सेवा तथा कृषि विकास शाखा अधिकृत सुदर्शन सापकोटाकाअनुसार गाउँपालिकाको वडा नम्बर २ र वडा नम्बर ५ मा ८४ टन सुन्तला उत्पादन भएको छ । दुई वडामा सुन्तला उत्पादन राम्रो भएको उनको भनाइ छ । 

उनका अनुसार दुई वटा वडामा १४ सय सुन्तलाको बोट छन् । प्रत्येक बोटबाट लगभग ६०० किलो सुन्तला उत्पादन भएको उनले सुनाए ।  गाउँपालिकामा करिब १०० परिवारले व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आएको उनले पालिकाखबरलाई बताए । 

साथै २५ वटा फर्मले पनि सुन्तला खेती गर्दै आएको उनको भनाइ छ । गाउँपालिकामा प्रतिकेजी ८० देखि १०० रुपैयाँका दरले बगैँचाबाट सुन्तला विक्री  हुने गरेको उनले सुनाए । त्यस्तै, सुन्तला, तरकारी उत्पादन गर्न कृषि समुह, आमा समुहले गर्ने गरेको उनले बताए । सामुहिक खेती गर्ने किसानले एकल खेती गरेर पनि कृषि उत्पादन गर्ने गरेको उनले बताए ।

उनकाअनुसार पालिकामा उत्पादित सुन्तला चितवन, पोखरा, नुवाकोटमा बेच्ने लैजाने गरेको छ । यस्तै वडा नम्बर २ लाई सुन्तलाको पकेट क्षेत्र विस्तार गर्न कृषि ज्ञान केन्द्रबाट चालु आर्थिक वर्ष २५ लाख वजेट विनियेजन गरेको छ ।

 वडा नम्बर २ लाई प्रदेश सरकारले दुई वर्ष अघि नै पकेट क्षेत्र घोषणा गरिसकेको उनले सुनाए । पालिकाले कृषि क्षेत्रमा आवद्ध कृषकलाई कृषि यान्त्रिकरण (कुलचेम्बर) बनाउने योजना रहेको उनको भनाइ छ  । चालू आर्थिक वर्षमा गाउँपालिकाले १० लाख वजेट विनियोजन गरेको छ ।