close

नगरपालिकाले नै किन्यो कृषकले फलाएको सुन्तला

नगरपालिकाले नै किन्यो कृषकले फलाएको सुन्तला

Trulli
ADVERTISEMENT

गुल्मी - मुसिकोट नगरपालिकाले कृषकको बगैँचाबाट सुन्तला खरिद गरेको छ । कृषकले उत्पादन गरेको सुन्तलाले बजार नपाएको गुनासो बढेपछि नगरपालिकाले खरिद गरेको हो । 

नगरपालिकाको सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार नगरपालिकाले सुन्तलाको न्यूनतम दररेट निधारण गरी सुन्तला खरिद गर्न थालेको हो । सुन्तलाको बजारीकरण सुनिश्चितता गर्नको लागि नगरपालिकाले सुन्तला खरिद गर्न थालेको उनको भनाइ छ । 

नगरपालिकाले सुन्तला खरिद गरी बजार व्यवस्थापन गर्ने नगर प्रमुख जीवन खरेलले बताए । उनका अनुसार नगरपालिकाले सुन्तलाको प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरी खरिद गर्दै आएको उनको भनाइ छ ।