close

गाउँपालिकाको हिउँदे अधिवेशनबाट थप तीन करोड ३० लाख विनियोजन

गाउँपालिकाको हिउँदे अधिवेशनबाट थप तीन करोड ३० लाख विनियोजन

Trulli
ADVERTISEMENT

म्याग्दी- मालिका गाउँपालिकाको १४औं अधिवेशनले थप तीन करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गाउँपालिका केन्द्र दरबाङको छ्याछ्यारेस्थित सभाहलमा बुधबार सम्पन्न अधिवेशनले गत वर्ष सञ्चित कोषमा बाँकी रहेको तीन करोड तीस लाख रुपैयाँ विनियोजन गरेको हो ।

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षतामा सम्पन्न अधिवेशनले गत आर्थिक वर्षमा सञ्चालित क्रमागत ६ वटा ठेक्काका आयोजनालाई दुई करोड ९३ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको छ । यसैगरी, गाउँपालिकाबाट सञ्चालित तीन वटा पूर्वाधार निर्माण योजनाको लागि १२ लाख ३३ हजार रुपैयाँ, शिक्षातर्फ विभिन्न कार्यक्रम सञ्चालनका लागि १५ लाख ८५ हजार रुपैयाँ, नेपाल रेडक्रस सोसाइटी दरबाङ शाखालाई पाँच लाख रुपैयाँ, सुरक्षित आप्रवासी स्रोत केन्द्रलाई दुई लाख पाँच हजार रुपैयाँ, न्यायिक समिति सञ्चालन खर्चको लागि एक लाख आठ हजार रुपैयाँ विनियोजन गरेको हो । 

चालु आर्थिक वर्ष ४५ करोड ८१ लाख ४४ हजार रुपैयाँ स्वीकृतबजेटमध्ये हालसम्म १६ ११ लाख ५८ हजार ६८३ रुपैयाँ खर्च भएको छ । यो कुल स्वीकृत बजेटको १७ दशमलव ७१ प्रतिशत हो ।