close

मंसिर मसान्तसम्म काठमाडौँ महानगरले संकलन गर्याे दुई अर्ब ६७ करोड  राजस्व

मंसिर मसान्तसम्म काठमाडौँ महानगरले संकलन गर्याे दुई अर्ब ६७ करोड  राजस्व

Trulli
ADVERTISEMENT

 काठमाडाैं - काठमाडौँ महानगरपालिकाका १ लाख १९ हजार ४५९ जना करदाताले कर तिरेका छन् । महानगरपालिकाका स्थानीय बासिन्दाले  मंसिर मसान्तसम्ममा साे कर तिरेकाे हाे ।

यससँगै तिरिएको करबाट दुई अर्ब ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपैयाँ राजस्व संकलन भएको छ ।  यसमा ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता रहेकाे महानगरले जनाएकाे छ ।

चालु आवम महानगरपालिकामा करदाताको संख्या तीन लाख ४३ हजार ६४० पुगेकाे छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कर तिरेका करदाताको संख्यालाई चालु आर्थिक वर्षका लागि करदाताको संख्या मान्ने गरिएको छ । सोमबार बसेको राजस्व परामर्श समितिको बैठकमा सदस्य सचिव ध्रुव काफ्लेले करदाता र कर तिर्ने अभ्यासका विषयमा विवरण पेश गरेका हुन्।